काठमाडौं । साताको अन्तिम कारोबारको दिन शुक्रवार नेपाली बजारमा आज पनि सुन चाँदीको मूल्यमा भारी वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ३ हजार ३ सय रुपैयाँले बढेको छ।

यससँगै आज सुन प्रतितोला ३ लाख १६ हजार ७ सय रुपैयाँ कायम भएको छ। हिजो सुन प्रतितोला ३ लाख १३ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो।

साथै,आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा १३० रुपैयाँले बढेको छ । यससँगै आज चाँदी ४ हजार ९८५ रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलाको ४ हजार ८५५ रुपैयाँमा किनबेच भएको थियो।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय