मुनलाइट सोसाइटी नेपालको आयोजनामा तथा स्टार हस्पिटलको सहकार्यमा आयोजित खुल्ला रक्तदान कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ।

कार्यक्रममा विभिन्न क्षेत्रका युवा तथा सर्वसाधारणको उत्साहजनक सहभागिता रहेको थियो। सामाजिक उत्तरदायित्व र मानवीय सेवाको भावनासहित सहभागी रक्तदाताहरूले रक्तदान गरी जीवन बचाउने पुण्य कार्यमा योगदान पुर्‍याएका छन्।

कार्यक्रममार्फत “रक्तदान गरौँ, जीवन बचाऔँ” भन्ने सन्देश प्रवाह गर्दै नियमित रक्तदानको महत्त्वबारे समेत जनचेतना अभिवृद्धि गरिएको आयोजकले जनाएको छ।

कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण रक्तदाता, सहभागी, सहयोगी संस्था तथा स्वयंसेवकहरूलाई आयोजकले हार्दिक धन्यवाद व्यक्त गरेको छ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय