काठमाडौँ । नेपाली कांग्रेसका नेता शेरबहादुर देउवा चुनदेवीस्थित सम्पर्क कार्यालयमा आज दोस्रो पटक पुगेका छन्। पार्टीको १५औँ महाधिवेशनलाई लक्षित गरी आफू नेतृत्वको समूहले स्थापना गरेका सम्पर्क कार्यालयमा देउवा केही बेरअघि पुगेका हुन् ।

अहिले उनले त्यहाँ नेता कार्यकताहरूसँग भेटघाट गरिरहेका छन् । यसअघि साउन २८ गते स्वास्थ्य उपचारपछि नेपाल फर्किए लगत्तै देउवा सिधै चुनदेवीस्थित कार्यालय पुगेका थिए । विशेष महाधिवेशनपछि पार्टीको सत्ता गुमाएका देउवा समूहका नेताहरूले १५औँ महाधिवेशनको तयारी र समन्वयका लागि स्थापना गरेको कार्यालयमा देउवा पुगेका हुन् । उनी स्वास्थ्य उपचार गरेर फर्केपछि पार्टी कार्यालय सानेपामा भने पुगेका छैनन् । देउवाले अहिले समूहका नेता कार्यकर्तासँग पार्टीको आन्तरिक विवाद र कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल गरिरहेका छन् ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय