काठमाडौँ । चोरीको स्कुटर प्रयोग गरेर राइड सेयरिङ गर्दै आएका एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा झापाको दमक नगरपालिका–७ घर भएका ३९ वर्षीय सरोज खनाल छन् । आरोपीलाई नम्बर परिवर्तन गरिएको स्कुटर सहित पक्राउ गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेश सुवेदीले रातोपाटीलाई बताए । नक्सालबाट भक्तपुर जाने क्रममा यात्रुले ल्यापटप ब्याग स्कुटरमै बिर्सेपछि चालकलाई सम्पर्क गर्न खोजेका थिए । तर, चालक सम्पर्क विहीन भएपछि यात्रुले खोजतलासका लागी ट्राफिक प्रहरीलाई सम्पर्क गरेको र खोजतलास गर्दा आरोपीलाई पक्राउ गरिएको एसपी सुवेदीले बताए । चोरीको स्कुटर र अन्य व्यक्तिको सेयरिङ एप प्रयोग गरेर काम गर्दै आएका खनाल नयाँ बसपार्क स्थित होटलमा बस्ने गरेका थिए । आरोपीले राइड सेयरिङमा प्रयोग गरेको स्कुटर २०८३ असार २३ मा काठमाडौँ महानगरपालिका–२६ स्थित गोङ्गबुबाट चोरी भएको खुलेको छ । केही दिनअघि ट्राफिक प्रहरीले बरामद गरेको अर्को स्कुटरमा निज सरोज खनालको नागरिकता पनि भेटिएको एसपी सुवेदीले बताए । आरोपीबारे थप अनुसन्धान र कारबाहीका लागी ट्राफिक प्रहरीले प्रहरी वृत्त महाराजगञ्जमा पठाएको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय