गोरखा र धादिङको सीमा क्षेत्रमा अवस्थित आरुघाट आधारभूत अस्पतालको सेवा विस्तारका लागि दुवै जिल्लाका ६ पालिकाबिच मिलेर काम गर्ने सहमति भएको छ ।

ऐतिहासिक महत्व बोकेको आरुघाट बजारमा रहेको उक्त अस्पतालको सेवा विस्तार गर्न यसअघि पनि दुई जिल्लाका प्रतिनिधिबिच छलफल भएको गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक प्रवीन थापाले जानकारी दिए ।अस्पतालको प्रभाव क्षेत्र धादिङको आरुघाट, त्रिपुरासुन्दरी र गङ्गाजमुना तथा गोरखाको भिमसेनथापा, धार्चे र चुमनुब्री गाउँपालिका पदाधिकारीबिच छलफल भएको संयोजक थापाले जानकारी दिए । छलफलमा आरुघाट अस्पतालबाट आधारभूत स्वास्थ्य सेवा विस्तार, नसर्ने रोगको उपचार, स्वास्थ्य बीमा कार्यक्रम कार्यान्वयन र हेमोडायलिसिस सेवा सञ्चालन गर्न आवश्यक पहल गर्ने निर्णय समेत भएको छ ।आरुघाट अस्पतालमा ती सेवा विस्तार गर्न सबै गाउँपालिकाहरुले सहयोग तथा समन्वय गर्ने निर्णय भएको पालिकाको छ । “आरुघाट बजारबीच भागमा पर्ने हुनाले यहाँको अस्पतालमा धादिङका दुई र गोरखाका तीन गाउँपालिकाका बिरामीहरु सेवा लिन आउँछन्”, थापाले भने, “आरुघाट आधारभूत अस्पतालको सेवा विस्तार गर्न सबै पालिकाहरुले पहल गर्ने निर्णय भएको छ । यसले ६ वटै पालिकाका नागरिकहरुले गुणस्तरीय स्वास्थ्य सेवा पाउन सक्छन् ।”त्यस अवसरमा अस्पतालको सामाजिक सेवा इकाइमार्फत अति विपन्न, असहाय, कारागारका बिरामीहरु, बेवारिसे बिरामी र बृद्धबृद्धा लाई निःशुल्क रुपमा स्वास्थ्य सेवा प्रदान गर्ने निर्णय भएको गाउँपालिकाले जनाएको छ । सामाजिक सेवा इकाई स्थापनाका लागि छ वटै गाउँपालिकाहरुले सहकार्य, समन्वय गर्ने निर्णय भएको उल्लेख छ ।आरुघाट गाउँपालिकाका अध्यक्ष राजु गुरुङको संयोजकत्वमा भएको छलफलमा ती पालिकाका प्रमुख एवं प्रतिनिधि तथा प्रदेश जनस्वास्थ्य कार्यालय गोरखाका जनस्वास्थ्यका अधिकारीको सहभागिता थियो ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय