उदयपुरमा १९९ किलो प्रतिबन्धित लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले गएति कटारी नगरपालिका–४, मरुवा खोला क्षेत्रबाट गाँजा र टिपरसहित एक जनालाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार भदौ ८ गते राति करिब १ः ४५ बजे बेतेनीबाट कटारीतर्फ आउँदै गरेको ना ७ ख ८१७३ नम्बरको टिपरलाई चेकजाँच गर्ने क्रममा गाँजा फेला परेको थियो । गाँजासहित पक्राउ पर्नेमा रुपन्देहीको देवदह नगरपालिका–७ स्थायी ठेगाना भएका तथा हाल कटारी नगरपालिका–४ बस्ने २१ वर्षीय सोम मगर रहेका छन् ।

उनलाई टिपरसहित नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । प्रहरीले बरामद गाँजा कहाँबाट ल्याइएको र कहाँ लैजाँदै गरिएको थियो भन्ने विषयमा समेत अनुसन्धान गरिरहेको जनाएको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय