काठमाडौँ । प्राकृतिक विपत्ति र शोकको छायाँका बिच आज धितोपत्र बजार (नेप्से) मा पनि ठुलो गिरावट आएको छ।

रसुवास्थित भोटेकोशी नदीमा चीनतर्फबाट आएको भीषण बाढीले त्रिशूली नदीको तटीय क्षेत्रमा ठुलो धनजनको क्षति पुर्‍याएपछि मुलुक शोकमग्न बनेको समयमा सेयर बजारमा ‘पहिरो’ गएको हो ।आज नेप्से सूचक ३५.९२ अङ्कले घटेर २५५८.३५ विन्दुमा ओर्लिएको छ। बजार खुल्नासाथ ओरालो लाग्न सुरु गरेको नेप्से दिनभरि नै राताम्मे रह्यो।आज बजारमा ४ अर्ब ७७ करोड ३८ लाख रुपैयाँ बराबरको कारोबार भयो । आज ३४८ कम्पनीको शेयर कारोबार भएकोमा २३ कम्पनीको मूल्य बढेको छ । २५२ कम्पनीको मूल्य घट्दा ३ कम्पनीको मूल्य स्थिर रहेको छ ।बजारमा आज सबै समूहका सूचक राताम्मे रहे । सबैभन्दा धेरै गिरावट निर्जीवन बीमा र हाइड्रो क्षेत्रमा भएको छ । आज निर्जीवन बीमा समूह ३.९० प्रतिशत तथा हाइड्रोपावर क्षेत्र २.८४ प्रतिशतले घटेको छ ।आज सर्वोत्तम पेन्टसको सकारात्मक सर्किट लागेको छ । बाढीबाट प्रभावित रसुवागढी हाइड्रोपावरमो सेयरमूल्य भने सर्वाधिक १५ प्रतिशतले घटेको छ । त्यस्तै, मैलुङ खोला जलविद्युतको सेयरमूल्य पनि १४.९९ प्रतिशतले घटेको छ । त्रिशूली नदीमा आधारित सबै हाइड्रोपावरको मूल्य आज उच्च अङ्कले घटेको देखिएको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय