काठमाडौँ । भारत सरकारले भोटकोशीमा आएको बाढी पीडितको राहतका लागि दोस्रो लटको राहत सामग्री पठाएको छ । भारतका विदेशमन्त्री एस.जयशंकर अनुसार ३७.५ टन मानवीय सहायता तथा विपत् राहत सामग्री, औषधी लगायतका सामग्री भारतीय विमान नेपालका लागि उडेको छ ।

हिजो पनि भारतले १० टन बराबरको राहत सामग्री नेपाल सरकारलाई हस्तान्तर गरिएको थियो । नेपाली अधिकारीहरूसँग निरन्तर सम्पर्कमा भारत सरकार रहेको बताउँदै मन्त्री जयशंकरले सङ्कटको यस घडीमा नेपालमा जारी राहत तथा उद्धार कार्यमा भारतले आफ्नो तर्फबाट निरन्तर जारी राख्ने प्रतिबद्धता जनाएका छन् ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय