काठमाडौँ । रसुवास्थित भोटेकोशी नदीमा आएको भीषण बाढीपछि समाचार संकलनका लागि केरुङ हुँदै तिब्बततर्फ गएका नेपाल पत्रकार महासंघका पूर्वकेन्द्रीय सदस्य टेकराज थामी सम्पर्कविहीन भएका छन् ।

नेपाल पत्रकार महासंघका अनुसार थामी केरुङबाट सम्पर्कविहीन भएको खबर उनका परिवारले महासंघलाई दिएका हुन् ।महासंघले थामीको तत्काल खोजी कार्यलाई तीव्रता दिन सम्बन्धित निकायसँग आग्रह गरेको छ ।यस्तै, नुवाकोटको विदुर–७ का पत्रकार तथा  निराजन पौडेलका परिवारका पाँच सदस्यसमेत बाढीपछि सम्पर्कविहीन भएका छन् । पौडेलका बुबा, आमा, काका, काकी र बहिनी सम्पर्कविहीन भएका छन् ।महासंघले बेपत्ता पत्रकार तथा पत्रकारका परिवारको खोजीका लागि तत्काल आवश्यक पहल गर्न सम्बन्धित निकायसँग माग गरेको छ ।

बाढी प्रभावित क्षेत्रमा विद्युत् आपूर्ति बन्द हुँदा सञ्चार सेवा अवरुद्ध भएको भन्दै महासंघले सञ्चारमाध्यमको नियमित सञ्चालनका लागि आवश्यक व्यवस्था मिलाउन सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ ।

सञ्चार सेवा नियमित नहुँदासम्म सञ्चारमाध्यम सञ्चालनका लागि वैकल्पिक व्यवस्था गर्न सहयोग गर्नसमेत महासंघले सबैमा अपिल गरेको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय