काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण सबैभन्दा बढी प्रभावित क्षेत्र रसुवाको टिमुरे र मैलुङमा नेपाली सेनाले उद्धार तीव्र बनाएको छ । धुन्चेका प्रभावितहरूलाई पनि उद्धार गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
सेनाले बिहीबार बिहानदेखि हेलिकप्टरमार्फत ४५ जना विदेशीसहित ३३६ जनालाई उद्धार गरेको छ । उद्धार गरिएका विदेशीहरू विभिन्न ६ मुलुकका छन् । खोज तथा उद्धारमा ४ हजार फौज परिचालन गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।






