काठमाडौँ । नेपाली कांग्रेसका नेता तथा पूर्वसांसद दिव्यमणि राजभण्डारीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ११ लाख रुपैयाँ सहयोग प्रदान गरेका छन् । रसुवा, नुवाकोट र धादिङमा बाढीले पुर्‍याएको जनधनको क्षतिबाट  प्रभावितहरूको राहत तथा पुनः स्थापनामा सहयोग पुऱ्याउने उद्देश्यले उनले उक्त रकम प्रदान गरेका हुन् । राजभण्डारीले कुमारी बैङ्क लिमिटेडमा रहेको आफ्नो खाताबाट ११ लाख रुपैयाँ राष्ट्रिय वाणिज्य बैङ्कमा रहेको ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ को खाता नम्बर ११३०१००००३७६२००१ मा जम्मा गरेका हुन् ।

 

राजभण्डारीले कुमारी बैङ्क लिमिटेडमा रहेको आफ्नो खाताबाट ११ लाख रुपैयाँ राष्ट्रिय वाणिज्य बैङ्कमा रहेको ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ को खाता नम्बर ११३०१००००३७६२००१ मा जम्मा गरेका हुन् ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय