काठमाडौँ । नेपालमा बुधबार आएको विनाशकारी बाढीको कारणबारे नयाँ तथ्य सार्वजनिक भएको छ ।

प्रारम्भमा बाढी आउनुअघि महसुस गरिएको भूकम्पीय गतिविधिलाई ४.४ म्याग्निच्युडको भूकम्प भनिए पनि अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस) को पछिल्लो विश्लेषणले उक्त घटना भूकम्प नभई ग्लेसियर ढल्ने र त्यसबाट मलबे बग्ने क्रममा उत्पन्न भएको भूकम्पजस्तो कम्पन हुन सक्ने देखाएको छ ।यूएसजीएसले आसपासका भूकम्प मापन केन्द्रबाट प्राप्त तथ्यांक, लामो अवधिका भूकम्पीय तरंग र स्याटेलाइट तस्बिरको थप विश्लेषणपछि यस्तो निष्कर्ष निकालेको हो । संस्थाले यस घटनाको अनुमानित तीव्रता पनि यसअघि बताइएको ४.४ बाट बढाएर ५.२ म्याग्निच्युड बनाएको छ । यूएसजीएसका अनुसार सुरुमा घटनालाई ४.४ म्याग्निच्युडको भूकम्पका रूपमा वर्गीकरण गरिएको थियो । तर थप अध्ययन गर्दा उक्त कम्पन ग्लेसियर ढलेर मलबेसहित ठुलो मात्रामा तलतिर बगेका कारण उत्पन्न भएको देखिएको हो ।क्यानडाको क्यालगरी विश्वविद्यालयका भू–आकृति विज्ञानका एसोसिएट प्रोफेसर ड्यानियल सुगरले पनि बाढीको सम्भावित कारण ग्लेसियर ढल्नु रहेको बताएका छन् । उनका अनुसार करिब ५,२०० मिटर उचाइको चट्टानी क्षेत्रबाट ग्लेसियरको ठुलो भाग तल खसेको हुन सक्छ । सुगरले विपद् आउनुभन्दा एक दिनअघिका र त्यसपछिका स्याटेलाइट तस्बिर तुलना गरेका थिए । उनका अनुसार पछिल्लो २४ घण्टामा आसपासका ग्लेसियरले ठुलो मात्रामा हिउँ गुमाएको देखिन्छ ।

उनको अनुमानमा तापक्रम बढेर हिउँ पग्लिँदा ग्लेसियरभित्र ठुलो मात्रामा पानी प्रवेश गरेको हुन सक्छ । त्यो पानी ग्लेसियरको तल्लो भागसम्म पुगेर सतहलाई चिप्लो बनाएपछि ग्लेसियर अस्थिर भई अचानक ढलेको हुन सक्ने उनको भनाइ छ ।

त्यस क्रममा ठुलो परिमाणमा हिउँ, बरफ, चट्टान र माटो तलतिर बग्दा नदीमा आकस्मिक बाढी आएको हुन सक्ने अनुमान गरिएको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय