काभ्रेपलाञ्चोक प्रहरीले जबर्जस्ती करणी मुद्दामा फरार रहेका चौरीदेउराली गाउँपालिकाका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वडा सभापति ६४ वर्षीय अच्युत न्यौपानेलाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार एक महिलालाई जबर्जस्ती करणी गरेको आरोप लागेपछि फरार रहेका न्यौपानेलाई काठमाडौंबाट पक्राउ गरिएको हो। घटनापछि पीडित पक्षबाट मिलापत्रका लागि सम्बन्धित वडामा निवेदनसमेत परेको खुलेको छ।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले पक्राउ परेका न्यौपानेमाथि थप अनुसन्धानका लागि अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिएको जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय