काठमाडौं । नेपाली कांग्रेस संसदीय दलकी प्रमुख सचेतक बासना थापाले बाढी प्रभावित क्षेत्रमा लागू गरिएको ‘एकद्वार प्रणाली’ का कारण महिला र बालबालिकाका विशेष आवश्यकता र अधिकारका विषयहरू ओझेलमा परेको बताएकी छिन् ।

सानेपास्थित पार्टी केन्द्रिय कार्यालयमा आयोजित बाढीपहिरो विपद् व्यवस्थापन सम्बन्धी छलफलमा बोल्दै प्रमुख सचेतक थापाले हालैको स्थलगत अनुगमनका क्रममा राहत र उद्धार कार्यमा केही सकारात्मक प्रयास देखिए पनि वितरण प्रक्रियामा भने गम्भीर त्रुटी पाइएको उल्लेख गरेकी हुन् ।

‘हामीले स्थलगत भ्रमणका क्रममा महिला र बालबालिकाको अवस्था निकै कष्टकर देख्यौँ । विशेषगरी महिलाहरूका लागि आवश्यक पर्ने स्यानिटरी प्याड र हाइजिन किटको अभाव छ । केन्द्रबाट पठाइएका सामग्रीहरू एक ठाउँमा थुप्रिएका (डम्पिङ) छन्, तर प्रभावित महिलासम्म पुग्न सकेका छैनन्,’ उनले भनिन् ।

उनका अनुसार स्थानीय र प्रदेश सरकारको समन्वयमा उद्धार र राहतका कार्यहरू भइरहेको भएपनि स्वास्थ्य र सरसफाइ जस्ता संवेदनशील विषयमा ध्यान पुग्न सकेको छैन ।

थापाले बालबालिकाको पोषण र स्वास्थ्यका बारेमा पनि चिन्ता व्यक्त गरिन् ।

एकद्वार प्रणालीको जटिलताका कारण विशेषज्ञ निकायहरूले काम गर्न नपाएको भन्दै उनले स्वास्थ्य, महिला अधिकार र बाल संरक्षणको क्षेत्रमा कार्यरत संस्थाहरूलाई प्रभावित क्षेत्रमा सहज रूपमा कार्य गर्ने वातावरण मिलाइदिन पार्टी नेतृत्वको ध्यानाकर्षण गराइन् ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय