काठमाडौं । भोटेकोशी बाढीपछि प्रभावित जिल्लाका केही वैकल्पिक सडक सञ्चालनमा आएका छन् । मुख्य सडक अझै सञ्चालनमा नआएको अवस्थामा सरकारले वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार अत्यावश्यक हेली उद्धार आवश्यक नभएका व्यक्तिले वैकल्पिक सडकमार्ग प्रयोग गर्न सक्नेछन् ।

प्राधिकरणले रसुवा र धादिङ जोड्ने वैकल्पिक सडकमार्गसम्बन्धी विवरण सार्वजनिक गरेको छ ।

रसुवा जानका लागि नुवाकोटको विदुर–ढिकुरे–चौघडा–आप्टार–नर्जा–लच्याङ–सरमर्थाले–पाटीखर्क हुँदै बोगटीटार (पासाङ ल्हामु मार्ग), कालिकास्थान हुँदै धुन्चेसम्म पुग्न सकिने जनाइएको छ । उक्त सडकमा चारपाङ्ग्रे सवारीसाधन सञ्चालनमा आएका छन् ।

यता धादिङतर्फ भने वैकल्पिक मार्गसमेत अवरुद्ध भएको छ । धादिङबेँसी–परेवाटार–नेपालटार–गजुरीटार–आदमटार–बेलिनटार–केउरिनीटार हुँदै मास्टार (ह्याम्लेट रेष्टुरेन्ट) र पृथ्वी राजमार्ग जोड्ने सडक सञ्चालनमा आएको भए पनि परेवाटारमा सडक भासिएपछि अहिले दुईतर्फी रूपमा बन्द भएको प्राधिकरणले जनाएको छ ।

परेवाटारको सडक बन्द भएपछि धादिङतर्फका लागि हालसम्म वैकल्पिक मार्ग तय भइसकेको छैन ।

मुख्य तथा वैकल्पिक सडकमार्गको अवस्था परिवर्तन भइरहेकाले प्रभावित क्षेत्रमा यात्रा गर्ने व्यक्तिलाई सम्बन्धित निकायबाट पछिल्लो सडक अवस्थाबारे जानकारी लिएर मात्रै यात्रा गर्न आग्रह गरिएको छ ।

31320bb7-0a19-409b-80f1-1e3345b590d6.png

 

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय