काठमाडौं । रसुवास्थित गोसाईंकुण्ड नगरपालिका-३ की पेम्बा ल्हामु तामाङले बाढी गएको पाँच दिन बितिसक्दा पनि राहत पाएकी छैनन् ।
घरमा भएका खाने कुराहरू सकिन थालेपछि उनको बेचैनी त बढेको छ नै, भोकमरीले आफू नै नरहनेसम्मको पीरले दिनदिनै बिरामी पनि हुन थालेकी छिन् ।
भदौ १० गते भोटेकोशीमा भीषण बाढीले बस्ती नै ध्वस्त भएपछि उनी बसेको ठाउँमा नेपाली सेनाका हेलिकप्टर एकपटक पनि पुगेको छैन ।
हेलिकप्टरको आवाज सुन्दा उनलाई आफ्नै लागि राहत आएको जस्तो लाग्छ, तर ती हेलिकप्टरहरू राहतको साट्टो आशलाग्दो आवाज मात्रै छोडेर जान्छ ।राहतको अभावसँगै गाउँमा बिजुलीसमेत नहुँदा आफूहरूको जनजीवन कष्टकर बन्दै गएको पेम्बा बताउँछिन् ।राहतको अभावसँगै गाउँमा बिजुलीसमेत नहुँदा आफूहरूको जनजीवन कष्टकर बन्दै गएको पेम्बा बताउँछिन् ।राहतको अभावसँगै गाउँमा बिजुलीसमेत नहुँदा आफूहरूको जनजीवन कष्टकर बन्दै गएको पेम्बा बताउँछिन् ।
‘अहिले त जसोतसो घरमै भएका खानेकुराहरू खाइरहेका छौं। तर अब पनि राहत आएन भने बाढीमा बगेसरह हुन्छौं,’ ‘बत्ति नहुँदा गाउँ नै अध्याँरो छ। बाटोघाटो सबै बगेका कारण कसैले भोकै जेलमा राखेको जस्तो भएको छ।’
पेम्बाकै हालत वडा नं २ र ५ का बासिन्दाको पनि छ । दालचामलसमेत नभएको यो ठाउँमा मान्छेहरू घरमै भएका पानी खाएर दिन काटिरहेका छन्।
गोसाईंकुण्ड गाउँपालिकाका अध्यक्ष कैसाङ नुर्पु तामाङका अनुसार लाख प्रयास गरेपनि हालसम्म राहतका नाममा एक बोतल पानी पनि झरेको छैन।
‘सबैले राहत पुग्यो की छैन सोध्नलाई मात्रै फोन गर्छन्। तर पठाउन कसैले पठाइरहेका छैनन्,’ अध्यक्ष कैसाङ भन्छन्, ‘सबैले राज्यले बेवास्ता गरिरहेको भनिरहेका छन्। म आफैं पनि राहतका लागि दिनरात प्रयास गर्दा पनि उपलब्ध गराउन सकेको छैन।’
रसुवाकै आमाछोङमो गाउँपालिका अध्यक्ष बुचुङ तामाङ भने शुरूमा केही राहत आएपनि अहिले सबै सकिइसकेको बताउँछन्। राहत सकिनेबित्तिकै गाउँमा कोलाहल मात्रै मच्चिएको छैन, बुचुङलाई जसरी पनि व्यवस्था गर्न दबाब पनि आइरहेको छ।
‘बिजुली नभएर सबै स्थानीयसँग निरन्तर सम्पर्क पनि हुनसकेको छैन। हाम्रो गाउँ अहिले पूरै नाकाबन्दीमा परेजस्तो भएको छ,’ उनी भन्छन्, ‘आजसम्मलाई त पुगअपुग केही गरी कट्ला तर भोलिसम्म पनि आएन भने हाहाकार हुन्छ।’
सरकार भन्छ ‘निरन्तर पुर्याइरहेका छौं’
पीडितहरूको घरमा राहत सामग्री नपुगे पनि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सोमबार सार्वजनिक गरेको तथ्यांकअनुसार ३७ ट्रक र ३५ बोलेरोमार्फत प्रभावित क्षेत्रमा खाद्य तथा गैरखाद्य सामाग्री पठाएको दाबी गरिएको छ ।
हेलिकप्टरबाटै ८ वटा उडान गरेर खाद्य तथा गैरखाद्य सामाग्री पठाइएको प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकमा समावेश छ ।
प्राधिकरणको अपडेटअनुसार भदौ १४ गते रसुवा जिल्लाका लागि स्थालमार्ग एंव हवाइमार्गबाट पाँचवटा पोर्टेबल जेनेरेटरसहित खाद्य तथा गैरखाद्य (औषधी तथा स्वास्थ्य सामग्रीसमेत) पठाइएको साथै नुवाकोट जिल्लामा १३ वटा सवारीसाधन तथा हेलिकप्टरमार्फत राहत सामग्री परिचालन गरिएको छ।
प्राधिकरणले मात्रै होइन, नेपाली सेनाले पनि आफ्नो फेसबुक पेजमा विभिन्न गीत राखेर हेलिकप्टरमा राहत समाग्री ढुवानी गरिरहेका फोटोभिडियो सार्वजनिक गरेको छ। तर ती राहत कुन ठाउँमा पुर्याइएको भने खुलाएको छैन।
राहतको अपडेट सेना र प्राधिकरणले मात्रै होइन, प्रधानमन्त्री बालेन शाह स्वयंले पनि आफ्नो फेसबुकबाट स्टाट्स लेखेर दिइरहेका छन्।
तर उनले राहत कहाँकहाँ बाँडियो भनेर खुलाउनुको साट्टो कहाँकहाँबाट संकलन भयो र ती राहत कुन ब्यारेकमा पुर्याइयो मात्रै खुलाएका छन्।
हिजो साँझ फेसबुक स्टाट्समार्फत उनले नेपाल सरकार प्रधानमन्त्री दैवी प्रकोप कोष र प्रधानमन्त्री कोषमार्फत पीडितहरूका लागि आर्थिक सहयोग जुटाइरहेको बताएका छन्।







