गण्डकी प्रदेश सरकारले भोटेकोशी बाढीमा परेर ज्यान गुमाएका र सम्पर्कविहीन बनेका नागरिकका आफन्तलाई १ लाख दिने भएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । सोही बाढी र पहिरो प्रभावितका लागि प्रदेशले ४ करोड सहयोग गर्ने यसअघि नै घोषणा गरिसकेको थियो । उक्त घोषणा पनि आइतबारको मन्त्रिपरिषद्ले निर्णय गरेको छ । यसैबिच प्रदेश सरकारले गण्डकी प्रदेशका नागरिकलाई उपचार खर्चका लागि ५० हजार दिने निर्णय गरेको छ । बाढी पहिरोमा घाइते भएकाहरुको उपचारका लागि यो सहयोग गर्ने निर्णय भएको सरकारका प्रवक्ता जीत शेरचनले जानकारी दिए ।‘कृष्णभिर लगायत ठाउँमा बाटो अवरुद्ध भएको कारणले ति विरामी हवाइ मार्ग मार्फत पोखरा आए घरसम्म पुग्ने व्यवस्था सरकारले गरेको छ,’ उनले भने । रसुवा बाढीमा मृत्यु भएका गण्डकी प्रदेशका नागरिकका परिवारलाई काजकिरिय खर्च बापत थप २५ हजार दिने निर्णय पनि भएको छ ।बाढीमा परेर घाइते तथा बिरामी भएका गण्डकी प्रदेशका नागरिकहरु पोखरा आइसकेपछि घरसम्म पुर्‍याउन सवारीको व्यवस्था गरिदिने निर्णय भएको शेरचनले जानकारी दिए । ‘गण्डकीका निजी क्षेत्र, संघ संस्था, राजनीतिक दल सबैसँग विपत्तिको सामना गर्न आग्रह गर्दछु,’ उनले भने ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय