काठमाडौँ। गत बुधवार रसुवा भोटकोशीमा आएको बाढीलाई कारण सरकारले यस पटकको करदाता उपहार कार्यक्रम स्थगित गरेको छ।
चालु आर्थिक वर्ष लागेसँगै सरकारले हरेक १५/१५ दिनमा १/१ जनालाई बम्पर उपहार स्वरूप १० लाख र हरेक दिन १/१ जनालाई १ लाख दिने गरी यो कार्यक्रम सुरु गरेको थियो। सरकारले भदौ महिनाको पहिलो १५ दिनको उपहार कार्यक्रम आज स्थगित गरेको छ। उक्त कार्यक्रम तथा आगामी पाक्षिक अवधिको उपहार विजेता छनोट कार्यक्रम २०८३ असोज १ गते भदौ महिनाभरको खरिद बिजकको कुपनहरूको दैनिक तथा बम्पर उपहारका विजेता छनोट गरिने आन्तरिक राजस्व विभागले जनाएको छ।







