काठमाडौँ । रसुवामा आएको बाढीबाट पर्यटन क्षेत्रमा मात्रै ५० अर्ब बढीको क्षति भएको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्कराज पौडेल (गनेस)ले जानकारी दिएका छन् । बुधबार संसद्को अन्तर्राष्ट्रिय समितिमा भएको छलफलमा मन्त्री पौडेलले यस्तो जानकारी गराएका हुन् ।

मन्त्री पौडेलले बाढी प्रभावित क्षेत्रलाई ‘क्लाइमेट हेरिटेज’ का रूपमा विस्तार गर्ने समितिलाई जानकारी दिए ।  ‘प्रभावित क्षेत्रलाई हाम्रो मन्त्रालय मातहत क्लाइमेट हेरिटेजका रूपमा विकास गर्नेछौँ’, मन्त्री पौडेलले भने– ‘त्यो हेरिटेजमा संग्राहलय बनाउने हो कि, मनुमेन्सहरु बनाउने हो कि, पार्क, मूर्तिहरू बनाउने हो कि के गर्ने हो हामी सोच्छाैँ ।’उनले जलवायु परिवर्तनका कारणले ठुलो विपत्ति भोगेको भन्दै नेपाल मात्र नभएर धेरै देशका नागरिकले क्षति भोग्नुपरेको बताए । मन्त्री पौडेलले प्रारम्भिक क्षतिबारे जानकारी गराउँदै करिब ५० अर्ब बढीको क्षति भएको जानकारी दिए । ‘हामीले पर्यटन क्षेत्रको प्रारम्भिक अनुमान अनुसार ५० अर्बभन्दा बढी क्षति भएको मूल्याङ्कन गरेका छाैँ’, मन्त्री पौडेलले भने, ‘सबै व्यवसायीहरूलाई क्षतिको प्रतिवेदन पेस गर्न पनि भनेका छौँ ।’

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय