काठमाडौँ । पृथ्वी राजमार्गको अवरोध हटाउन कृष्णभीरमा भइरहेको कार्यमा महत्वपूर्ण प्रगति भएको छ। सडक विभागका अनुसार शनिबार दिउँसो १ : ३० बजेसम्मको अपडेट अनुसार पहिरो प्रभावित क्षेत्रको भित्री भागबाट नयाँ ट्र्याक निर्माण गर्ने कार्य अन्तर्गत दुवैतर्फको ट्र्याक जोडिएको छन्।

पहिरोका कारण सिर्जित समस्या समाधान गर्न दुवैतर्फबाट खन्ने कार्यलाई तीव्रता दिइएको थियो। हालसम्म दुवैतर्फ गरी कुल २५२ मिटर ट्र्याक खन्ने काम सम्पन्न भएसँगै अस्थायी  ट्र्याक जोडिएको विभागले जनाएको छ।विभागका अनुसार हाल जोडिएको यो ट्र्याक प्रारम्भिक मात्र हो। यो खण्डमा अहिले एक्स्काभेटर (मेसिन) हरू मात्र आवतजावत गर्न मिल्ने अवस्था छ। यसलाई पूर्ण रूपमा यातायात सञ्चालन योग्य बनाउन अझै केही समय लाग्ने देखिएको छ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय