काठमाडौं । गायिका निशा सुनारले नयाँ तीज गीत ‘लाली लपक्कै सारी सपक्कै’ बोलको गीत सार्वजनिक गरेकी छिन् । निशा सुनार र प्रकाश सपुतको स्वर रहेको गीतमा प्रकाश सपुतको शब्द तथा सङ्गीत रहेको छ ।
भिडियोमा प्रकाश सपुत, निरुता सिंह र विन्दु बोहराको नृत्य हेर्न सकिन्छ । विशेष भूमिकामा गायिका सुनार पनि देखिएकी छिन् । सुनिल विकको निर्देशनमा तयार भएको यो गीतको भिडियोमा गम्भीर बिस्टको कोरियोग्राफी रहेको छ ।
गायक तथा मोडल प्रकाश सपुत र उनकी श्रीमती विन्दुले पहिलो पटक एकसाथ म्युजिक भिडियोमा काम गरेका हुन् । दर्शकका लागि उनीहरूको जोडीको केमेस्ट्री विशेष हुनसक्छ ।
https://youtu.be/9QFIQBjNuAY?si=4xsS8XPrXsJHy7xi







