एसिसी प्रिमियर कप एकदिवसीय प्रतियोगितामा नेपालले लगातार दोस्रो जित निकालेको छ । बिहीबार मलेसियामाथि ६ विकेटले हराउँदै नेपालले प्रतियोगितामा लगातार दोस्रो जित निकालेको हो । टस जितेर सुरुमा ब्याटिङ गरेको मलेसियाले दिएको १०४ रनको लक्ष्य नेपालले २२ औँ ओभरमा चार विकेटको क्षतिमा भेट्टाएको हो ।







