रसुवामा भदौ १० गते आएको बाढीपछि सुदूरपश्चिमका २०९ जना बेपत्तामध्ये ५९ जना फेला परेका छन् भने १५० जना अझै बेपत्ता छन् ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) पदमबहादुर विष्टका अनुसार बाढीपछि सुदूरपश्चिमका २०९ जना सम्पर्कविहीन भएका थिए। तीमध्ये हालसम्म ५९ जना फेला परेका छन्।बाँकी १५० जना अझै सम्पर्कमा नआएको प्रहरीले जनाएको छ। उनीहरूको खोजी तथा अवस्थाबारे जानकारी सङ्कलन गर्ने काम भइरहेको एसएसपी विष्टले बताए।रसुवामा आएको बाढीका कारण ठुलो जनधनको क्षति भएको थियो। बाढीपछि सुदूरपश्चिमबाट रोजगारी तथा अन्य कामका लागि रसुवा पुगेका नागरिकसमेत प्रभावित भएका छन्।







