काठमाडौँ । त्रिशूली–३ ए जलविद्युत् आयोजनाको सुरुङमा फसेका दुई जनाको जीवित उद्धार भएपछि गृहमन्त्री सुधन गुरुङले आशाको किरण जीवितै रहेको बताएका छन् ।
भोटेकोशी विपद्पछि सुरुङमा थुनिएका सञ्जय साह र कबीर महर्जनलाई सेना र सशस्त्रका उद्धारकर्मीले १० औँ दिनमा जीवित उद्धार गरेका हुन् । उद्धारपछि गृहमन्त्री गुरुङले सामाजिक सञ्जालमा लेखका छन्, ‘दुई जनाको जीवितै उद्धार भएको छ, जसले अझै आशाको किरण जीवितै राखेको छ ।’निरन्तर कठिन चुनौतीका बाबजुद उद्धारमा खटिएका सेना, प्रहरी, सशस्त्र र केन्द्रीय कमान्ड सेन्टरको टोलीलाई धन्यवाद दिएका छन् । टनेल उद्धारमा निरन्तर प्रयास गरेकोमा सांसद सागर ढकाल र श्रीराम न्यौपानेको पनि गृहमन्त्री गुरुङले प्रशंसा गरेका छन् । टनेलमा उद्धार जारी रहेको मन्त्री गुरुङले बताएका छन् ।







