काठमाडौं । रसुवाको भोटेकोशीमा बाढीमा परी ज्यान गुमाएकामध्ये १९३ जनाको शव त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्ज ल्याइएको छ ।

अस्पतालका फरेन्सिक ल्याब प्रमुख डा गोपाल चौधरीले अस्पतालमा ल्याइएकामध्ये १७४ शवको परीक्षण भइसकेको जानकारी दिए।

त्यस्तै अस्पतालमा ल्याएको हालसम्मम २४ जनाको शव मात्र पहिचान गरी परिवार तथा आफन्तलाई जिम्मा लगाइएको अस्पतालले जनाएको छ।

अस्पतालमा ल्याएकामध्ये १५१ शव र १० वटा शवका विभिन्न अङ्गसहित १६१ शवको व्यवस्थापन भएको डा चौधरीले बताए ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय