काठमाडौं । नेपाल ए क्रिकेट टोलीले साउथ अस्ट्रेलियासँगको अभ्यास एकदिवसीय खेलमा हार बेहोरेको छ ।

शुक्रबार भएको खेलमा नेपाल ए साउथ अस्ट्रेलियासँग १३८ रनले पराजित भएको हो । साउथ अस्ट्रेलियाले दिएको २६० रनको लक्ष्य पछ्याएको नेपाल २२.१ ओभरमा १२१ रनमा अलआउट भयो ।

नेपालका लागि राशिद खानले सर्वाधिक ३७ रन बनाए । मयन यादवले २० तथा दीपक डुम्रेले १८ रन बनाए ।

साउथ अस्ट्रेलियाका लागि कप्तान स्पेन्सर जोनसनले ३ विकेट लिए भने क्याम्पबेल थोम्सन र हेडन शिलरले २-२ तथा लाचलन बाङ्सले १ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको साउथ अस्ट्रेलियाले दोजित होगनबूजमको शतक मद्दतमा ५० ओभरमा ९ विकेट गुमाएर २५९ रन बनाएको थियो ।

होगनबूजमले १२२ बलमा ४ चौका र ४ छक्का मद्दतमा १११ रन बनाएका थिए । लाचलन बाङ्सले ४२ रन बनाए । जर्सिस वाडियाले २९ रन बनाए ।

नेपालका लागि राशिद खानले २ विकेट लिए भने रिजन ढकाल, नारायण जोशी, पवन सर्राफ र लोकेश बमले १-१ विकेट लिए ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय