काठमाडौं : भोटेकोशी बाढी पीडितका लागि नर्वे सरकारले राहत सामग्री पठाएको छ। सोमबार कतार एयरवेजको नियमित उडानबाट १८०० केजी राहत र मेडिकल सामाग्री काठमाडौं आएको हो।
विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनलाई राहत सामाग्री हस्तान्तरण गरिएको हो। बाढी प्रभावित क्षेत्रका लागि हालसम्म चीन, भारत, स्विट्जरल्यान्ड, दक्षिण कोरिया, जापान, पाकिस्तान, श्रीलंका, बंगलादेश,अमेरिका, अष्ट्रेलिया, संयुक्त अरब इमिरेट्स, कतार, सिंगापुर, बेलायत, थाईल्याण्ड लगायत राष्ट्रहरुले सहयोग गरेका छन्।
बाढीमा परेर हालसम्म १३५७ जनाको शव फेला परेको छ भने ५ हजार ३२६ जना नागरिक बेपत्ता रहेका छन्। जसम्धे ५८७ जना विदेशी नागरिक रहेका छन्।







