काठमाडौं : पाकिस्तानले ‘मक्का रक्षा सम्झौता’ का तीन सदस्य राष्ट्रमध्ये कुनै एकमाथि आक्रमण भएमा त्यसलाई तीनै देशमाथिको संयुक्त आक्रमण मानिने स्पष्ट पारेको छ। उक्त प्रावधानका विषयमा कसैलाई पनि कुनै अन्योल नरहन पाकिस्तानले चेतावनी दिएको छ।

बीबीसी फारसीलाई उद्धृत गर्दै पाकिस्तानी रक्षा मन्त्री ख्वाजा आसिफले साउदी अरबमाथि यमनका हुथी विद्रोहीहरूले शृङ्खलाबद्ध हमला गरेपछि यो सम्झौता लागू हुन सक्ने बताएका हुन्।

यमनका इरान समर्थित हुथी सशस्त्र समूहले साउदी अरबका विभिन्न सहर, आर्थिक तथा ऊर्जा केन्द्रहरूलाई लक्षित गरी मिसाइल र ड्रोन आक्रमण गरेलगत्तै पाकिस्तानी रक्षा मन्त्रीको यो कडा टिप्पणी सार्वजनिक भएको हो। उक्त आक्रमणहरूमा परी कम्तीमा ७३ जना सर्वसाधारण घाइते भएका छन्।

रक्षा मन्त्री आसिफले सदस्य राष्ट्रविरुद्ध हुने कुनै पनि आक्रामकता वा यमन द्वन्द्व साउदी अरबतर्फ विस्तार हुनुले नै मक्का सम्झौतालाई स्वतः सक्रिय गराउने स्पष्ट पारे। केही समयअघि मक्कामा पाकिस्तान, साउदी अरब र टर्कीबिच भएको त्रिदेशीय सम्झौता अनुसार कुनै एक राष्ट्रमाथि हुने सैन्य आक्रमणलाई तीनै देशमाथिको आक्रमण मानिने व्यवस्था गरिएको छ।

क्षेत्रीय तनाव कम हुने आशा व्यक्त गर्दै पाकिस्तानी रक्षा मन्त्रीले यमनको द्वन्द्वलाई आफ्नो सीमाभन्दा बाहिर नफैलाउन हुथी समूहलाई गम्भीर चेतावनीसमेत दिएका छन्।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय