काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्रीसमेत रहेका सांसद विपिन कुमार आचार्यले जेनजी आन्दोलनमा क्षति भएका सरकारी संरचनाको पुनर्निर्माण सुस्त भएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्।

बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै आचार्यले निजी क्षेत्रले क्षतिग्रस्त व्यापारिक केन्द्रहरू तीव्र गतिमा पुनर्निर्माण गरिसके पनि सरकारी संरचना भने बन्न नसकेको बताएका हुन् ।राज्यका प्रमुख संरचनाको पुनर्निर्माण अझै सुस्त रहेको उल्लेख गर्दै उनले सिंहदरबार र संसद् लगायतका भवन हालसम्म पनि जस्ताको तस्तै रहेको औँल्याए। राज्यको मुटु मानिने सिंहदरबार र सार्वभौम संसद्को पुनर्निर्माणको गति सुस्त हुँदा रसुवा र नुवाकोटलगायतका क्षेत्रका नागरिकले आफ्नो पुनर्निर्माण प्रभावकारी रूपमा अघि बढ्नेमा कसरी विश्वास गर्ने भन्दै उनले प्रश्न गरे।निजी क्षेत्रको प्रशंसा गर्दै आचार्यले भने, ‘भदौ २४ को विध्वंसले खरानी बनेका ती व्यापारिक केन्द्रहरू आज थप बलियो र संरचनागत तरिकाले उठिसकेका छन्। निजी क्षेत्रको त्यो ऊर्जा देखेर मलाई गर्व लाग्छ।’सरकारी संरचनाको ढिलासुस्तीप्रति असन्तुष्टि जनाउँदै उनले थपे, ‘तर जब म सिंहदरबारको गेटबाट भित्र छिर्छु, जलेको सिंहदरबार र गृहमन्त्रालय अझै उस्तै बेवारिसे देख्छु। योपालिको बजेट नै नयाँ संसद् हलमा हुने भन्ने सुनेकोमा आज पनि यो अस्थायी भवनबाट आफ्ना कुराहरू राखिराखेको छु।’

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय