काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद बोध नारायण श्रेष्ठले एलपीजी ग्यासको वितरण प्रणालीमा गडबडी देखिएको बताएका छन्।

बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले भारतबाट ग्यास निरन्तर आइरहेको भए पनि वितरण प्रणालीमा गडबडी देखिएको औँल्याएका हुन्।समस्या कहाँ र कसका कारण उत्पन्न भएको हो भन्ने कुरा आम जनताले प्रत्यक्ष थाहा पाउनुपर्ने उनले बताए। यसका लागि सम्बन्धित मन्त्रालय, नेपाल आयल निगम, उद्योगी र व्यापारीहरूलाई एकै ठाउँमा राखेर सार्वजनिक बैठक गरिनुपर्ने माग उनले गरे।ग्यासको आपूर्ति सहज बनाउन सुझाव दिँदै उनले भने, ‘हाल २० वटा गाडीले ढुवानी गरिरहेको भए त्यसलाई बढाएर १०० वटा गाडी परिचालन गरिनुपर्छ।’ग्यासमाथिको दीर्घकालीन निर्भरता कम गर्न सरकारले विद्युतीय चुल्हो विशेष छुटमा उपलब्ध गराउने योजना तत्काल ल्याउनुपर्नेमा उनले जोड दिए। साथै उपत्यकामा देखिएको ग्यास समस्या समाधानका लागि जिम्मेवार कर्मचारी, सार्वजनिक सम्पर्क नम्बर र गुनासो सुन्ने तथा सम्बोधन गर्ने स्पष्ट कार्यविधि बनाउनुपर्ने धारणा उनले राखे।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय