फिलिपिन्समा यात्रुवाहक फेरीमा भीषण आगलागी हुँदा कम्तीमा पाँच जनाको मृत्यु भएको छ भने ८७ जना अझै सम्पर्कविहीन छन्। फिलिपिन्स कोस्ट गार्डका अनुसार घटनामा ४२ जनाको उद्धार गरिएको छ।

MV June Aster नामक फेरी फिलिपिन्सको राजधानी मनिलाबाट पालावान प्रान्तको पर्यटकीय क्षेत्र कोरोनतर्फ जाँदै गर्दा आगलागी भएको हो। जहाजमा ११७ यात्रु र १७ चालक दलका सदस्य गरी कुल १३४ जना सवार थिए।

कोस्ट गार्डका अनुसार फेरी कोरोनको मार्सिल्ला गाउँबाट करिब २.२ किलोमिटर उत्तरपूर्वी समुद्री क्षेत्रमा पुग्दा आगलागी भएको थियो। घटनास्थल मुख्य भूमिबाट तुलनात्मक रूपमा नजिक भएकाले उद्धार गरिएका ४२ जनालाई तत्कालै नजिकैको उद्धार केन्द्रमा लगिएको छ।

उद्धार गरिएकामध्ये ३८ जना यात्रु र चार जना चालक दलका सदस्य रहेका छन्। उनीहरूसँग विस्तृत जानकारी लिन बाँकी रहेको कोस्ट गार्डले जनाएको छ।

आगलागीको कारण भने अहिलेसम्म खुलेको छैन। बेपत्ता व्यक्तिको संख्या खोज तथा उद्धार अभियान अघि बढ्दै जाँदा परिवर्तन हुन सक्ने कोस्ट गार्डले जनाएको छ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय