नेपाली बजारमा आज सुन-चाँदीको मूल्यमा भारी वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बिहीबार सुनको मूल्य प्रतितोला ३ हजार ४ सय रुपैयाँले बढेको हाे।

मूल्य वृद्धिसँगै आज सुन प्रतितोला ३ लाख ५ हजार ८ सय रुपैयाँ कायम भएको छ। हिजो बुधबार सुन प्रतितोला ३ लाख २ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो।

यस्तै आज चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। आज चाँदी तोलामा १०५ रुपैयाँले बढ्दै प्रतितोला ४ हजार ८ सय ५५ रुपैयाँ कायम भएको छ। हिजो चाँदी प्रतितोला ४ हजार ७ सय ५० रुपैयाँमा कारोबार भएको थियो।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय