काठमाडौँ। काठमाडौँ महानगरपालिका–३२ नरेफाँटस्थित एक घरबाट सुन तथा चाँदीका गरगहना चोरी गर्ने र खरिद गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ।

गत साउन १८ गते बिहान अन्दाजी रातको आठ बजे घरमा कोही नभएको मौका पारी दराजमा राखिएका गहना चोरी गरी फरार सावन कुशवाहसहितका व्यक्तिहरूलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।

बुधबार उपत्यकाका विभिन्न स्थानबाट उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। पक्राउ पर्नेमा चोरीमा संलग्न महोत्तरीको गौशाला नगरपालिका–५ घर भई हाल काठमाडौँको जडीबुटी बस्ने वर्ष २९ को सावन कुशवाह रहेका छन्।

चोरीका गहना खरिद गर्ने तेह्रथुमको आठराई गाउँपालिका–८ घर भई हाल जडीबुटी बस्ने वर्ष ३६ की पबित्रा लिम्बु, दोलखाको गौरीशङ्कर गाउँपालिका–५ घर भई हाल जडीबुटी बस्ने वर्ष २५ को श्रीकृष्ण विश्वकर्मा र भोजपुरको भोजपुर नगरपालिका–५ घर भई हाल नरेफाँट बस्ने वर्ष ४३ की रमिला बि.क. पनि पक्राउ परेका छन्।

प्रहरीले उनीहरूको साथबाट सुनजस्तो देखिने पहेँलो धातुको झुम्का ३६.१ लाल, ठुलो बाला २ तोला ३२ लाल, सानो बाला १ तोला ९१ लाल, अर्को सानो बाला १ तोला २५ लाल, तिलहरी १ तोला ८६.४ लाल र ठुलो–सानो टुक्रा ०.५८६ ग्राम बरामद गरेको छ। त्यसैगरी चाँदीजस्तो देखिने बल्ब पाउजु ३ तोला ४५ लाल, झल्लर पाउजु ७ तोला ३ लाल, अर्को झल्लर पाउजु ४ तोला २७ लाल र सानो बाला १ तोला ५५ लालसमेत बरामद भएको छ।

आवश्यक कानुनी कारबाहीका लागि पक्राउ परेकाहरूलाई प्रहरी वृत्त बानेश्वर पठाइएको प्रहरी उपरीक्षक शरतकुमार थापा क्षेत्रीले जानकारी दिएका छन्।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय