काठमाडौँ । नेकपा एमाले पुनर्गठन कार्यदलको बैठक शुक्रबार बस्ने भएको छ । एमाले सचिव तथा कार्यदल सदस्य डा.राजन भट्टराईले शुक्रबार बिहान ११ बजे बस्नेगरी बैठक बोलाइएको जानकारी दिए ।
‘कार्यदल संयोजक रामबहादुर थापा र सदस्यसचिव शंकर पोखरेलको सल्लाहमा भोलि बिहान ११ बजे बस्नेगरी बैठक बोलाइएको छ’, भट्टराईले भने, ‘कार्यदलको प्रतिवेदनमाथि छलफल गरेर अन्तिम रूप दिइनेछ ।’उपाध्यक्ष रामबहादुर थापाको नेतृत्वमा गठित कार्यदलमा महासचिव शंकर पोखरेल सदस्य सचिव छन् । सातै प्रदेश र गैरभौगोलिक गरी १३ स्थानमा सङ्कलित सुझावलाई समेटेर प्रतिवेदन तयार पार्ने जिम्मा कार्यदलले महासचिव पोखरेललाई दिएको थियो ।सोही अनुसार पोखरेलले प्रतिवेदन तयार पारेर संयोजक थापालाई दिएका थिए । थापाले उक्त मस्यौदा अध्यक्ष ओलीलाई देखाएपछि उक्त मस्यौदामा ओलीले असहमति जनाएका थिए । पोखरेलले तयार पारेको मस्यौदा प्रतिवेदनमा अध्यक्ष केपी शर्मा ओली सहमत नभएपछि पुन संयोजक थापालाई प्रतिवेदन पुनर्लेखन गर्न निर्देशन दिएका थिए ।






