काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद अंकिता ठाकुरले स्वास्थ्य उपचारको नाममा भइरहेको अमानवीय कार्यप्रति गम्भीर आपत्ति जनाएकी छिन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले पैसा नभएकै कारण अस्पतालको गेटमा बच्चा जन्माउन बाध्य हुनुपर्ने रसुवाको एउटा पीडादायी घटनाबारे सदनको ध्यानाकर्षण गराएकी हुन्।

ठाकुरले भनिन्, ‘जहाँ पैसाले सास र आस तय गर्छ, त्यहाँ अस्पताल, अस्पताल रहँदैन, त्यो केवल सौदाबाजीको पसल बन्छ।’  उनले रसुवाको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भएको घटनाबारे चर्चा गर्दै त्यहाँका गरिब र विपन्न नागरिकले अस्पताललाई मन्दिर र डाक्टरलाई भगवान् ठान्ने गरे पनि सोही अस्पतालमा मानवताको अपमान भएको बताइन्।टनाको विवरण प्रस्तुत गर्दै सांसद ठाकुरले भनिन्, ‘राजविराजस्थित नगरपालिका वडा नम्बर १४ की असहाय गर्भवती महिला बबिताकुमारी पासवान अस्पताल पुगिन्। तर, त्यहाँ उपचार होइन, पहिले पैसाको मोलमोलाइ भयो । पैसा नभएकै कारण मध्यरातमा चिसो सडकमा उनलाई निकालियो र उनले अस्पतालको गेटबाहिर नै बच्चा जन्माउनुपर्‍यो। के यो हाम्रो स्वास्थ्य प्रणालीको विडम्बना होइन ।’सांसद ठाकुरले नेपालको संविधानको धारा ३५ ले प्रत्येक नागरिकलाई निःशुल्क आधारभूत स्वास्थ्य सेवाको ग्यारेन्टी गरेको स्मरण गराइन्। उनले भनिन्, ‘के पैसा नहुने गरिबले यो देशमा आमा बन्ने र बच्चा जन्माउने अधिकार पनि गुमाइसकेका हुन् ? गरिबकै लागि भनेर ल्याइएको लोकतन्त्र आज अस्पतालको गेटमा आफैँ लज्जित भइरहेको छ।’

उनले यस घटनाको निष्पक्ष छानबिन गर्न, सत्य तथ्य सार्वजनिक गर्न र दोषी देखिएका व्यक्तिहरूलाई कानुनी कारबाहीको दायरामा ल्याउन सरकारसँग जोडदार माग गरेकी छिन्।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय