काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलका प्रमुख सचेतक कवीन्द्र बुर्लाकोटीले रसुवा बाढीमा बेपत्ता भएकाहरूको खोजी कार्य तीव्र बनाउन माग गरेका छन्।

बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले हालसम्म भएका खोज तथा उद्धारका कामहरू विपद्को विशाल क्षतिको तुलनामा अपुग देखिएकाले खोजी कार्य तीव्र बनाउन माग गरेका हुन्। यसका लागि थप दक्ष जनशक्ति, आधुनिक उपकरण र स्रोत–साधन परिचालन गर्नुपर्नेमा उनले जोड दिए। उद्धार गरिएका, बेपत्ता रहेका तथा मृतकहरूको प्रमाणित आधिकारिक विवरण नियमित रूपमा प्रभावित वडा तहसम्म पुर्‍याउन उनले आग्रह गरे। साथै पीडित परिवारलाई प्रत्यक्ष सूचना उपलब्ध गराउने व्यवस्था मिलाउन पनि उनले माग गरे। भेटिएका शवहरूको पहिचान सहज बनाउन तत्काल डीएनए परीक्षण गर्ने व्यवस्थाका साथै आवश्यक उपकरण तथा विज्ञ जनशक्तिको प्रबन्ध गर्न उनले सरकारको ध्यानाकर्षण गराए।त्यस्तै आगामी दिनमा बाढी तथा पहिरोको उच्च जोखिम रहेका क्षेत्रमा कुनै पनि मानव बस्ती, सार्वजनिक कार्यालय वा भौतिक संरचना निर्माण नगर्न उनले सुझाव दिएका छन्। जोखिमयुक्त क्षेत्रमा विपद्बाट बच्न आवश्यक पूर्वतयारी र जनचेतनामूलक कार्यक्रमहरू व्यापक रूपमा सञ्चालन गर्नुपर्ने उनको भनाइ छ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय