काठमाडौँ । सरकारले दुई जना सचिवको सरुवा गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशका प्रमुख सचिवहरूको जिम्मेवारी हेरफेर गर्ने निर्णय गरेको हो।
मन्त्रिपरिषद्को निर्णयअनुसार सुदूरपश्चिम प्रदेशका प्रमुख सचिव वैकुण्ठ प्रसाद अर्याललाई महालेखा नियन्त्रक कार्यालयको प्रमुख (महालेखा नियन्त्रक) मा सरुवा गरिएको छ।त्यसैगरी, लुम्बिनी प्रदेशका प्रमुख सचिव कृष्ण प्रसाद काप्रीलाई निर्वाचन आयोगको सचिवमा सरुवा गरिएको छ। सरुवा गरिएका दुवै सचिवहरू शिक्षा सेवा समूहका हुन्।






