काठमाडौँ । एभरेस्ट सूर्य बोहरा निर्देशित फिल्म ‘चमेलीको पोइ’को गीत ‘माया मान्छौ र..’सार्वजनिक गरिएकोछ । आशिष अविरलको संगीत र मेलिना राई र अविरको स्वर रहेको गीतमा एकनारायण भण्डारीको शब्द छ । गीतमा सुरक्षा पन्त र मुकुन भुसाल फिचर छन् । मुस्ताङका रमणीय स्थलमा छायाङ्कन गरिएको गीतको कोरियोग्राफी कविराज गहतराजले गरेका हुन् ।
असोज १६ गतेबाट देशब्यापी प्रदर्शनमा आउने फिल्मको निर्माता रामनारायण उपाध्याय र सुनिता सापकोटा हुन् । फिल्मबाट करिब डेढ दशकको अन्तरालपछि चर्चित हाँस्य अभिनेता नारायण त्रिपाठी (प्रेमचरो) को ठूलो पर्दामा पुनरागमन भएको छ । फिल्ममा त्रिपाठीका साथमा मुकुन भुसाल,सुरक्षा पन्त,विल्सन बिक्रम राई,उमेश राई,रवीन्द्र झा,गणेश गौतम,प्रेमदेव गिरी,अंशु महर्जन, बबिन राई,खड्गबहादुर पुन,रजनी गुरुङ,मिना आरएल शाही,रितु मल्ल ठकुरी,तारा शर्मा,सुनिता सापकोटा,बिशाल पाण्डे,श्रेया नारायण,धनलक्ष्मी बोहरा,अनुष्का नारायणलगायतको अभिनय छ ।
धनलक्ष्मी सिने मेकर्सको प्रस्तुतिमा निर्माण भएको फिल्म शेरबहादुर तामाङले खिचेका हुन । उदय विक्रम राणा,रितु मल्ल कुँवर,सुमीत्रा थापा र कपिल आचार्य कार्यकारी निर्माता रहेको फिल्मको सह–निर्मातामा नारायण त्रिपाठी,यमप्रसाद ओली,सुदीप कुँवर र प्रदिपकुमार सापकोटा छन् । फिल्मलाई आरआर फिल्मस्ले बितरण गर्दैछ ।
https://www.youtube.com/watch?v=4T77wChQhrA







