काठमाडौँ। नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद र किचलो उत्कर्षमा पुगेका बेला पार्टीका २५ जना नेताले पार्टीको सम्पूर्ण एकताका लागि अपिल गर्दै साझा वक्तव्य जारी गरेका छन्।

देश गम्भीर सङ्कटमा रहेको र राजनीतिक अस्थिरता बढिरहेको भन्दै उनीहरूले कांग्रेसलाई एकताबद्ध बनाउन शुक्रबार नेतृत्वको ध्यानाकर्षण गराएका हुन्।महालक्ष्मी उपाध्याय (डिना), सुरेन्द्र पाण्डे, श्याम घिमिरे, जीवनबहादुर शाही लगायत २५ जना नेताहरूको हस्ताक्षर रहेको प्रेस विज्ञप्तिमा पार्टीभित्रको आन्तरिक कलहले कांग्रेसलाई मात्र नभई समग्र राष्ट्रिय राजनीतिलाई नै गलत दिशामा धकेलेको चिन्ता व्यक्त गरिएको छ।विज्ञप्तिमा भनिएकाे छ, ‘१५औँ महाधिवेशनको सङ्घारमा हामीले विभिन्न तीतामीठा अनुभवहरू प्राप्त गरेका छौँ। ती अनुभवबाट पाठ सिक्दै विगतका विवाद र मतभेद बोकेर बस्ने होइन, पार्टीलाई एक ढिक्का बनाएर अघि बढ्नुपर्छ।’

पार्टी सभापति गगन थापाप्रति लक्षित गर्दै नेताहरूले कांग्रेसको बृहत् एकताका लागि सभापतिको भूमिका महत्त्वपूर्ण रहने जनाएका छन्।

उनीहरूले हाल घोषणा गरिएको १५ औँ महाधिवेशनको कार्यतालिका तत्काल स्थगन गर्न, पार्टीका दुवै पक्षबिच यथाशीघ्र सम्पूर्ण एकताका लागि निर्णायक वार्ता आरम्भ गर्न, सबै नेताले अहङ्कार र व्यक्तिगत स्वार्थ त्यागी पार्टीको बृहत् हितलाई केन्द्रमा राखेर विवादको तत्काल निकास खोज्न, संवाद, सहमति र सहकार्यका माध्यमबाट पार्टीभित्रको विवाद समाधान गर्दै सबैलाई समेटेर अघि बढ्ने वातावरण निर्माण गर्न माग गरेका छन् ।

नेताहरूले पार्टीलाई एकताबद्ध, सबल र शक्तिशाली बनाएर मात्रै वर्तमान राष्ट्रिय चुनौतीहरूको सामना गर्न सकिने भन्दै यस कार्यमा जुट्न सम्पूर्ण पार्टी पङ्क्तिलाई हार्दिक अपिल गरेका छन्।

यस्तो छ अपिल

1

2

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय