काठमाडौँ। साताको अन्तिम कारोबार दिन बिहीबार नेपाली सेयर बजारमा उल्लेख्य सुधार देखिएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २७.९४ अङ्कले बढेर २५५९.४९ विन्दुमा पुगेको छ।

दिनभरिमा कुल ३४५ कम्पनीका १ करोड २० लाख ८६ हजार ९३२ कित्ता सेयर किनबेच भएका छन्। बजारमा ४ अर्ब ३५ करोड ९१ लाख ३० हजार ४६१ रुपैयाँ बराबरको कारोबार भएको छ।बिहीबारको कारोबारमा बजार निकै फराकिलो अन्तरले सकारात्मक देखिएको छ। कुल २३७ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने केवल ३१ वटा कम्पनीको मूल्य घटेको छ। साथै, ९ वटा कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।मल्टिप्रोपोज फाइनान्सको ५।७१ प्रतिशतको गिरावट आजको सर्वाधिक गिरावट रह्यो ।आज सबै समूहगत सूचक हरियो देखिएको छ । विकास बैंक हाइड्रो पावर, इन्भेष्टमेन्ट, निर्जीवन बीमा र ट्रेडिङ समूहमा एक प्रतिशत भन्दा धेरै वृद्धि भएको छ ।

बजारमा आज उपकार लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन्। कम्पनीको सेयर मूल्य १०।५३ प्रतिशतले बढेको छ । त्यस्तै, अभियान लघुवित्त १०।०९ प्रतिशतले बढेको छ। सिन्धु विकास बैंक, सालपा विकास बैंक र एनसीसी डिबेन्चरका लगानीकर्ताले पनि राम्रो कमाएका छन्।

कारोबार रकमका आधारमा लिबर्टी इनर्जी कम्पनी शीर्ष स्थानमा रहेको छ। कम्पनीको ३६ करोड ६६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। त्यसैगरी, एनआरएन इन्फ्रास्ट्रक्चरको १८.५ करोड र रिलायन्स स्पिनिङ मिल्सको १४.७९ करोड रुपैयाँ बराबरको कारोबार भएको छ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय