सिरहाको लहान नगरपालिका–४ स्थित हुलाक रोडमा आपसी विवादका क्रममा भएको कुटपिटबाट एक जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार घाइते हुनेमा भगवानपुर गाउँपालिका–५ इनरवाका १७ वर्षीय आयुषकुमार मण्डल रहेका छन् ।

घटनामा संलग्न भएको आरोपमा प्रहरीले भगवानपुर गाउँपालिका-२ का १९ वर्षी राजु यादव र वडा- नम्बर १ का २० वर्षीय बलराम यादवलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दुवै जनालाई इलाका प्रहरी कार्यालय लहानमा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका एसपी बासुदेव पाठकले जानकारी दिए।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय