काठमाडौँ । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङले बजारमा ग्यासको अभाव भएको भन्दै सरकारको आलोचना गरेकी छन् । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा सांसद तामाङले जनता भोक भोकै बस्नुपर्ने अवस्था आएको तर सरकारले जनताको समस्याप्रति चासो नदेखाएको बताइन् ।
उनले पसलहरूमा ग्यास भए पनि व्यवसायीहरूले बेच्न नमानिरहेका बताइन् । उनले भनिन्– ‘मलाई दिनमा हजारौँ कल आउँछन्, आशिका दिदी पसलमा ग्यास छ तर पसलले ग्यास बेच्न मान्दैनन्।’
उनले सरकार ठुलो कि माफिया भन्दै प्रश्न गरिन् । तामाङले प्रश्न गरिन्, ‘के यो देशमा सरकारभन्दा ठुलो माफिया नै हो त ? जनताले दुई तिहाइ मत दिएर पठाएको सरकारले आज जनतालाई दाउरा खोजेर भात पकाएर खाऊ भन्नुपर्ने हो ?’







