काठमाडौं :  नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपमा छनोट भएको हो।  मलेसियामा जारी एसीसी प्रिमियर कपको सेमिफाइनलमा ओमानलाई पराजित गरेसँगै नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपमा छनोट भएको हो।

एसीसी प्रिमियर कपको शिर्ष ३ टोलीले इमर्जिङ टिम्स एसिया कपमा खेल्न पाउनेछन्।  नेपालले ओमानलाई पराजित गरेसँगै फाइनल पुगेको हो।
ओमान र हङकङबिच तेस्रो स्थानको लागि खेल हुनेछ। यो खेलको विजेताले पनि एसीसी इमर्जिङ टिम्स एसिया कपमा स्थान बनाउनेछ। फाइनलमा नेपालले यूएईको सामना गर्नेछ।  नेपालले दोस्रो पटक एसिया कपमा स्थान बनाउन यूएईलाई पराजित गर्नुपर्ने हुन्छ। नेपाल र यूएईबिचको फाइनल खेल शनिबार बिहान ७ः१५ बाट सुरु हुनेछ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय