काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहले आकस्मिक बैठक बोलाएको छ । पार्टीको १५ औं महाधिवेशनबारे छलफल गर्न इतर समूहले आकस्मिक बैठक बोलाएको हो ।

पूर्वसभापति शेरबहादुर देउवानिकट एक नेताले चुनदेवीस्थित सम्पर्क कार्यालयमा दिउँसो २ बजेका लागि आकस्मिक बैठक भनेर आफूलाई बोलाइएको जानकारी दिए ।

इतर समूहको ‘१५ औं केन्द्रीय महाधिवेशन तयारी समिति’ अन्तरर्गतको सचिवालय समन्वय समितिका संयोजक दीपक कुईकेलले बैठक बोलाइएको पुष्टि गरेका छन् ।

उनकाअनुसार दिउँसो २ बजे बस्ने बैठकपछि अपरान्ह ४ बजे पत्रकार सम्मेलन गरेर समूहको धारणा सार्वजनिक गर्ने तयारी चुनदेवीले गरेको छ ।

बैठकअघि सोमबार बिहान इतर समूहका नेताहरूबीच महाराजगञ्जस्थित देउवा निवासमा छलफल भएको बताइएको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय