काठमाडौं । अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास घोषणा गरेका लियोनेल मेसीलाई अर्जेन्टिनाले आगामी अक्टोबरमा हुने घरेलु मैत्रीपूर्ण खेलमा विशेष उपस्थिति जनाउन निम्तो दिएको छ ।

अर्जेन्टिना फुटबल संघ (एएफए) का अध्यक्ष क्लाउडियो तापियाले सामाजिक सञ्जालमार्फत विश्व फुटबलका उत्कृष्ट खेलाडी तथा राष्ट्रिय टोलीका कप्तान मेसीलाई अर्जेन्टिनामै योग्य बिदाइ दिन चाहेको बताएका हुन् ।

सन् २०२२ को विश्वकप उपाधि दिलाएका ३९ वर्षीय मेसीले यस महिनाको सुरुआतमै अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका थिए । उनले भने अक्टोबरको उक्त खेल खेल्ने वा नखेल्नेबारे अझै निर्णय सार्वजनिक गरेका छैनन् ।

फिफाको सेप्टेम्बर–अक्टोबर अन्तर्राष्ट्रिय विन्डोमा अर्जेन्टिनाले तीन घरेलु मैत्रीपूर्ण खेल खेल्नेछ । त्यसक्रममा अक्टोबर ७ मा ब्युनस आयर्सस्थित मोनुमेन्टल रंगशालामा बेनिनविरुद्धको खेललाई मेसीको सम्भावित विदाइ खेलका रूपमा प्रस्ताव गरिएको छ ।

अर्जेन्टिनाले त्यसअघि बोलिभिया र बुर्किना फासोसँग पनि मैत्रीपूर्ण खेल खेल्नेछ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय