काठमाडौं । भारतीय पुरुष क्रिकेट टोलीले जापानसँगको ऐतिहासिक टी-२०आई खेलमा २ रनको जित हासिल गरेको छ ।

मंगलबार जापानको सानो क्रिकेट मैदानमा वर्षाले प्रभावित भएर ५ ओभरमा झारिएको खेलमा भारतले दिएको ३३ रनको लक्ष्य पछ्याएको जापानले ५ ओभरमा ३ विकेट गुमाएर ३० रन बनायो ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भारतले ५ ओभरमा ४ विकेट गुमाएर ३२ रन बनाएको थियो ।

कप्तान श्रेयस अय्यरले सर्वाधिक १६ रन बनाए भने सन्जु सामसनले ९ रन बनाए ।

जापानका चार्ली हारा हिन्जेले २ विकेट लिए । इब्राहिम ताकाहाशी र बेन्जामिन इटो डेभिसले १-१ विकेट लिए ।

भारत–जापान कूटनीतिक सम्बन्धको ७५औं वार्षिकोत्सवको औपचारिक सुरुवातका रूपमा यो खेल आयोजना भएको हो ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय