फिलिपिन्सको दक्षिणी क्षेत्रमा रहेको एक उच्च माध्यमिक विद्यालयमा शुक्रबार दिउँसो गोली चल्दा कम्तीमा एक जनाको मृत्यु भएको छ भने कैयौँ घाइते भएका छन् । घटना मिन्डानाओ क्षेत्रको दक्षिण कोटाबाटो प्रान्तस्थित बाङ्गा नेसनल हाई स्कुलमा भएको हो ।

घटनापछि स्थानीय उद्धारकर्मी र रेडक्रसका स्वास्थ्य टोली विद्यालय परिसरमा पुगेका थिए । घटनामा मृत्यु हुने तथा घाइतेहरूको वास्तविक सङ्ख्या भने अझै स्पष्ट भइसकेको छैन । स्थानीय सञ्चारमाध्यम र सरकारी अधिकारीहरूले फरक–फरक सङ्ख्या सार्वजनिक गरेका छन् । गोली चलाउने व्यक्तिको पहिचान पनि खुलाइएको छैन ।दक्षिण कोटाबाटोका गभर्नर रेनाल्डो तामायोले पत्रकारहरूलाई दिएको जानकारीअनुसार घटनामा एक जनाको मृत्यु भएको छ भने चार जनालाई उपचारका लागि अस्पताल लगिएको छ । मृतक वा घाइतेमध्ये गोली चलाउने व्यक्ति पनि छन् कि छैनन् भन्नेबारे उनले केही बताएका छैनन् ।यसैबिच, केही स्थानीय सञ्चारमाध्यमले अन्य सरकारी अधिकारीलाई उद्धृत गर्दै मृतक तथा घाइतेको सङ्ख्या यसभन्दा बढी रहेको जनाएका छन् । तर ती विवरणको स्वतन्त्र पुष्टि हुन सकेको छैन ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय