नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलले प्रदेशमा बजेट शून्यताको अवस्था छिटो अन्त्य गर्न सरकारलाई आग्रह गरेको छ । मंगलबार बसेको संसदीय दलको बैठकले बजेटको अभावमा प्रदेश सरकारका नियमित काम कारबाही, विकास निर्माण तथा सार्वजनिक सेवा प्रभावित हुन थालेको जनाउँदै तत्काल बजेटसम्बन्धी प्रक्रिया टुङ्ग्याउन सरकारको ध्यानाकर्षण गराएको हो।

संसदीय दलका नेता तथा निवर्तमान मुख्यमन्त्री कमलबहादुर शाहको अध्यक्षतामा बसेको बैठकले प्रदेश सरकार सञ्चालनका लागि आवश्यक बजेटको व्यवस्था नहुँदा नियमित प्रशासनिक कामसमेत प्रभावित हुने अवस्था सिर्जना भएको उल्लेख गर्दै आगामी असोज १५ गतेभित्र बजेट पारित गर्न गरी प्रक्रिया टुङ्ग्याउन सरकारसँग आग्रह गरेको प्रदेशसभा तुल्सी देवकोटाले जानकारी दिए।चाडपर्व नजिकिँदै गएको समयमा अत्यावश्यक सेवा प्रवाहमा समेत बजेट शून्यताको असर पर्न थालेको भन्दै बैठकले नागरिकका दैनिक सरोकारका सेवा प्रभावित हुन नदिन आग्रह गर्ने निर्णयसमेत गरिएको उनले बताए।बैठकले बजेट पारित गर्ने विषयमा प्रदेशसभाको प्रभावकारी भूमिका सुनिश्चित गर्दै आवश्यक सहमति र संवादमार्फत निकास खोज्न सरकारसँग आग्रह गरेको छ ।

बजेट शून्यताको अवस्था थप लम्बिदा प्रदेशको विकास, सेवा प्रवाह र प्रशासनिक गतिविधिमा थप असर पर्नेतर्फ गम्भीर बन्न सरकारलाई आग्रहसमेत गरिएको छ।

यसअघि तत्कालीन मुख्यमन्त्री शाहले प्रदेशसभामा आर्थिक वर्ष २०८३/८४ को बजेट पेस गरिसकेको अवस्थामा सरकार फेरिएपछि हालसम्म बजेट ल्याइएको छैन।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय