यसअघि इभाना थापा र रुबिन महर्जनको जोडी मिक्स डबल्सको दोस्रो चरणबाट बाहिरिएको थियो ।
काठमाडौं । २०औं एसियाली खेलकुदअन्तर्गत टेबलटेनिसको महिला सिंगल्समा नेपालकी इभाना थापा पहिलो चरणबाटै बाहिरिएकी छन् ।
स्काइ हल टोयोटामा बुधबार भएको खेलमा इभाना उज्बेकिस्तानकी अरुजान कमालोभासँग ४–० को सोझो खेलमा पराजित भइन् ।
इभाना पहिलो खेलमा ११–३, दोस्रोमा ११–६, तेस्रोमा ११–२ र चौथोमा ११–८ ले पछि परिन् ।
यससँगै इभानाको महिला सिंगल्सतर्फ पनि यात्रा सकिएको छ ।








