काठमाडौं : २० औं एसियन गेम्स टेबल टेनिसतर्फ मिक्स डबल्समा नेपालका रुबिन महर्जन र इभाना थापाको जोडी पराजित भएको छ।
राउन्ड अफ ३२ अन्तर्गत नेपालका रुबिन र इभाना हङकङसँग ३–० को सेटमा पराजित भएका हुन्।
हङकङका तो क्वान इयू र लाम विङ एजीको जोडीसँग इभाना र रुबिन ११–२, ११–६ र ११–७ ले पराजित भएका हुन्। पहिलो खेलमा यो जोडीले पाकिस्तानलाई हराउँदै राउन्ड अफ ३२ मा स्थान बनाएका थिए। यी दुवै खेलाडी सिंगल्सतर्फ भने पराजित भएका छन्। रुबिन बहराइन र चाइनिज ताइपेइसँग ३–० को सेटमा पराजित भएका हुन्। त्यस्तै, वुमन्स सिंगल्सतर्फ इभाना मकाउसँग ३–१ र चीनसँग ३–० को सेटमा पराजित भएकी हुन्।








